`

उपराष्ट्रपति निर्वाचन : चारजनाको उम्मेदवारी कायम

Nepal One HD २८ फागुन २०७९ १४:०६
प्रमुख खबर

काठमाडौं – उपराष्ट्रपति पदको निर्वाचनमा मनोनयन दर्ता गरेका चारजनाको उम्मेदवारी कायम भएको छ । 

शनिबार मनोनयन दर्ता गरेकाउपर परेका उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले चारजना उम्मेदवारको नामावली प्रकाशन गरेको छ । 

मनोनयन दर्ता गराएका सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रकाशित गरिएको हो । 

जसपाले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राखेर प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने भएको छ ।


प्रतिक्रिया