`

बन्दुकमा खिया लागेको छैन भनेर कसलाई धम्की दिएको ? : अध्यक्ष ओली

Nepal One HD ३० फागुन २०७९ १३:४८
प्रमुख खबर

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी घटकलाई बन्दुकमा खिया लागेको छैन भनेर कसलाई धम्की दिएको ? भन्दै प्रश्न गर्नुभएकाे छ ।

राष्ट्रिय राजनीतिमा एउटा पक्ष मानव अधिकारको कुरा उठ्दा नेपालको राजनीतिको बन्दुक उठाउने धम्की दिने गरेको बताउनुभएकाे छ ।

मानव अधिकारको उल्लंघन गर्ने पक्षले नै धम्काइरहेको उहाँले टिप्पणी गर्नुभयाे । मानव अधिकार एलायन्सको सम्मेलनलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले माओवादी घटकका नेताहरूले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे हाे ।

‘नेपालको राजनीतिको एक पक्ष आफूले भनेजस्तो भएन भने मानव अधिकार आयोगलाई धम्की दिन्छ । बन्दुकमा खिया लागेको छैन भन्छ । हामीले गरेको मानव अधिकार उल्लंघनको कुरा गर्ने भनेर प्रश्न गर्छ’, माओवादीप्रति कटाक्ष गर्दै ओलीले भन्नुभयाे ।

सशस्त्र द्वन्दकालीन मुद्दा ब्युँताउन खोजिएको भन्दै माओवादी घटकले आयोजना गरेको कार्यक्रममा माओवादी नेता कृष्णबहादुर महराले बन्दुक उठाउने धम्की दिनुभएकाे थियाे ।


प्रतिक्रिया