पूर्वअर्थमन्त्री विष्णु पौडेलले भने : राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था छ

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेपालको राजश्व संकलनको अवस्था आधा शताब्दीपछिकै निराशाजनक अवस्थामा रहेको बताएका छन् ।
आज बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताएका हुन् ।
पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको भन्दै सबै मिलेर समाधान खोज्नुपर्ने आग्रह गरे । उनले भने, ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन, २०२४-२०२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’
मुलुकको संकटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरु सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई संकट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्न पौडेलले आग्रह गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट