राष्ट्रपतिले परराष्ट्र सल्लाहकार नियुक्ति गर्न मिल्दैन :सांसद पन्त

राजनीति

काठमाडौं / नेकपा एमालेका रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेता पन्तले भन्नुभयो, ‘हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र चल्नुपर्छ। कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपतिले नियुक्ति गर्न मिल्दैन ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट