`

भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने शीर्ष नेताबीच सहमति

Nepal One HD १३ चैत २०७९ ११:३५
प्रमुख खबर

काठमाडौं – मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।

छलफलमा तीन शीर्ष नेताबीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले बतायो ।


प्रतिक्रिया