`

के सरकार मुठभेडतर्फ जान खोजेको हो ? : राजेन्द्र लिङदेन

Nepal One HD १५ चैत २०७९ १३:५७
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद ज्ञानेन्द्र शाहीलाई दुर्व्याबहारको प्रायस भएको भन्दै निन्दा गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले मंगलबार ज्ञानेन्द्र शाही मिटर ब्याज पिडितको समस्या बुझ्न गएको समयमा सत्ता पक्षका कार्यकर्ताले दुर्व्यबहार गर्ने प्रयास गरेको भन्दै त्यसको निन्दा गरेका हुन् ।

उनले के सरकार मुठभेडतर्फ जान खोजेको हो भन्दै देशमा यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले मिटर ब्याजपिडितलाई छिटो न्याय दिन आग्रह गरेका छन् ।


प्रतिक्रिया