`

ठूलो कमाइ हुने लोभ देखाएर अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जना पक्राउ

Nepal One HD १५ चैत २०७९ २०:३३
समाचार

काठमाडौं – अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन् ।अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौँ बूढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित नौ जना चिनियाँ नागरिक रहेका छन् । उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया