`

सर्लाहीमा विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित शिक्षक पक्राउ

Nepal One HD १८ चैत २०७९ १८:१०
समाचार

सर्लाही, १८ चैत- सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका-१५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित पक्राउ परेका हुन् ।

सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झै-झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । 

शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट-१२ ट्याब्लेट, लागूऔषध गाँजा बरामद गरेको हो । 


प्रतिक्रिया