`

चितवनमा रवि लामिछानेलाई समर्थन गर्ने कांग्रेस नेता जगन्नाथको घोषणा

Nepal One HD २० चैत २०७९ ११:०९
राजनीति

काठमाडौं / नेपाली कांग्रेसका पूर्व नेता जगन्नाथ पौडेलले वैशाख १० गतेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

पौडेलले चितवन–२ मा हुने उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

छोटो समयमा देशले रुपान्तरण खोजेकाले त्यसका लागि स्वतन्त्र पार्टीको समूह मात्रै सक्षम रहेको पौडेको भनाइ छ।

‘देशको रुपान्तरणका लागि ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ। यसका लागि स्वतन्त्र पार्टीहरुको समूह भए मात्रै देशले निकास पाउँछ,’ पौडेलले भने ।


प्रतिक्रिया