राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति शिक्षण अस्पतालमा

समाचार

काठमाडौँ – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सोमबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव अस्पताल पुगेका हुन। उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे ।
पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट