उपनिर्वाचनमा उम्मेदवार नउठाउने माओवादीको निर्णय

प्रमुख खबर

काठमाडौँ / वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने निर्णय गरेको छ ।
नेकपा माओवादीले चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई समर्थन दिने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले जानकारी दिएको हुन् ।
त्यसैगरी माओवादीले तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई समर्थन दिने निर्णय गरेको केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् ।
यस्तै माओवादीले बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन दिने निर्णय गरेको माओवादी केन्द्रका सचिव गणेश साहले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट