पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्छ – गगन थापा

राजनीति

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए । उनले भने “आवधिक निर्वाचनको विशेष महत्त्व छ, निर्वाचनका बेला जनताले आफ्नो मत जाहेर गरेर प्रतिनिधि छान्छन्”, उनले थपे, “हामीले जनताको विश्वास जित्नुपर्छ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट