`

रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा

Nepal One HD २१ चैत २०७९ ११:१८
प्रमुख खबर

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको प्रारम्भिक सुनवाई आजवाट हुदैँछ । 

लामिछाने बिरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आजवाट प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्ययायाधिश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको छ । यो मुद्दा नवौं नम्बरमा छ ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएको भएपनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी हालै महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमवार रिट दिएका थिए ।


प्रतिक्रिया