व्यक्तिगत गालीगलौज नगरौं, एजेण्डामा आधारित बहस गरौं : अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डामा आधारित बहसका गर्न आग्रह गरेका छन् ।
आज आफ्नो सामाजिक सञ्जालमार्फत उनले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका हुन् ।
वैशाख १० गते हुने उपचुनावमा धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार भएको भन्दै ओलीले यो खुसीको कुरा भएको बताए ।
‘युवामय उपचुनाव १ वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु,’ उनले भनेका छन्,’मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’
उनले यसअघि मंसिर ४ गते भएको आम चुनावमा पनि शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’ मा आउन चुनौती दिएका थिए ।