`

आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोके

Nepal One HD २४ चैत २०७९ १३:३७
राजनीति

काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोलिरहेका नेपाली कांग्रेसका सांसद् वीरवहादुर बलायरलाई सभामुख देवराज घिमिरेले रोकेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोकेका हुन् ।

बलायरले बैठकमा सुदुरपश्चिमको राजधानीलाई केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको भनिरहँदा उनको भनाइ सभामुखले रोकेका हुन् ।

आकस्मिक समयमा अघिल्लो बैठक र आजको बैठकको बिचको घटना वा विषयमा मात्र उठान गर्न पाइने भएकाले बलायरलाई सभामुखले बिचैमा रोेकेका हुन् ।


प्रतिक्रिया