क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच पार्टी एकता
राजनीति
काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा ९बहुमत०बीच आज पार्टी एकता भएको छ ।
काठमाडौँमा आज पत्रकार सम्मेलन गरी पार्टी एकता भएको दुवै पार्टीका नेताहरुले जानकारी दिएका हुन् ।
आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने नेकपा बहुमतका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिए ।
यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो । त्यसको आठ महिनापछि काठमाडौंस्थित इच्छुक स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
