जुम्ला कहाँ पर्छ ? कुन देशमा हो ? खोजिरहेको छु : ज्ञानेन्द्र शाही


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले जुम्ला कुन देशमा पर्छ भन्दै प्रश्न गर्नुभएकाे छ ।
प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद शाहीले जुम्ला कहाँ पर्छ भन्दै प्रश्न गर्नुभएकाे हाे ।
उहाँलले भन्नुभयाे, ‘जुम्ला कहाँ पर्छ ? कुन देशमा हो ? खोजिरहेको छु । यहाँ फोरजी र टेक्नोलोजीको कुरा गर्छन् । अहिलेसम्म जुम्लामा राम्रो नेटवर्क बनाउन सकिएको छैन,’– उनले भने । जुम्लाको दूरसञ्चार सेवा सुधारका लागि मन्त्रालय र विभागमा पटक–पटक धाउँदा पनि समस्या समाधानमा कतैबाट पहल नभएको उनले गुनासो गरे । साथै उनले ‘जुम्ला नेपालमा पर्छ कि पर्दैन ?’
‘सञ्चार मन्त्रालय र सञ्चार विभागहरुमा पटक–पटक धाइयो तर अहिलेसम्म अप्टिकल फाइबर जुम्लामा एक पटक पनि पुगेको छैन । भनिदिनु पर्यो जुम्ला नेपालमा पर्छ पर्दैन ? पर्छभने जुम्लामा फोरजी सेवा कहिले सञ्चालन गर्ने ?’– उहाँले प्रश्न गर्नुभयाे ।