रवि लामिछानेले भने : मेरो विरोध गर्नेहरू भ्रष्टाचारी हुन्र

राजनीति

तनहुँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो विरोध गर्नेहरू भ्रष्टाचारी रहेको दाबी गर्नुभएको छ ।
तनहुँको आँबुखैरेनीमा स्वर्णिम वाग्लेका लागि मत माग्न आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले आफूलाई प्रश्न सोध्ने व्यक्तिहरूलाई सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने चेतावनी दिनुभयो।
३० वर्षसम्म शासन सत्ता चलाएर देश खोक्रो बनाउनेहरूले आफूलाई प्रश्न सोध्ने र आलोचना गर्ने अधिकार नरहेको उहाँको भनाई छ । ‘हाम्रो सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्ने भनेका मान्छेले हाम्रो आलोचना गरेका छन् । तीनका प्रश्नको जवाफ म दिन्न,तीनलाई त जेल ठोक्ने हो । ३० वर्ष देश लुट्नेहरूले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट