`

आर्थिक तथा सामाजिक विकास गर्नका लागि अनेक चुनौतीहरू देखा परेको छ : सभामुख घिमिरे

Nepal One HD २५ चैत २०७९ १५:२३
राजनीति

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक तथा सामाजिक विकास गर्नका लागि अनेक चुनौतीहरू देखा परेको बताएका छन् ।

लायन्स क्लबले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ठुलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगे पनि अहिले आर्थिक तथा सामाजिक विकास गर्नका लागि अनेक चुनौतीहरू देखा परेको बताएका हुन् ।

उनले अहिलेको प्रणाली र प्रणालीलाई नेतृत्व गरेका नेताहरूलाई कुर्सीका लागि मात्रै होडबाजी हो की भन्ने आशङ्का समाजबाट भइरहेको जिकिर गरे । त्यस्तै उनले पदका लागि नभई सेवाभावका लागि अघि बढ्न लायन्सलाई सुझाव दिए । उनले क्लबमार्फत समाजलाई आइपरेका विपत्तिहरूमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिएका छन् ।

सभामुख घिमिरेले अन्धोपन हटाउनका साथै शिक्षा र स्वास्थ्यको विकासमा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।


प्रतिक्रिया