`

नागरिकता विधेयक छिट्टै प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई बालकृष्ण खाँणको आग्रह

Nepal One HD २६ चैत २०७९ १२:५२
राजनीति

काठमाडाैँ – सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएकाे छ । 

संघीय संसद्को दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ छ । 

नेपाल प्रेस युनियन, धनुषाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्नुहुँदै उहाँले नागरिकता विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक दलहरुको पनि ध्यान जानुपर्नेमा जाेड दिनुभयाे । 

उहाँले संविधानको प्रावधान अनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभयाे । 

संविधान अनुसार संघीय संसदका दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै छ ।


प्रतिक्रिया