`

कर्मचारीलाई तलब खुवाउन ऋण गर्नेले कसरी देश विकास गर्छन् ? : गुरु घिमिरे

Nepal One HD २६ चैत २०७९ १४:५०
राजनीति

इलाम – नेपाली कांग्रेसका नेता गुरु घिमिरेले नेपाली काँग्रेसका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्ण बहादुर खड्कामाथि कटाक्ष गर्नुभएको छ ।

इलाममा जारी इलाम साहित्य महोत्सवमा ‘राजनीतिमा एजेन्डा कि अनुहार’ शीर्षक प्यानलमा बोल्दै घिमिरेले कर्मचारीलाई तलब खुवाउन ऋण लिनेले देश विकास कसरी गर्छन् भन्दै प्रश्न गर्नुभयो । 

रक्षामन्त्री समेत रहनुभएका खड्कालाई संकेत गर्दै घिमिरेले भन्नुभयो, ‘अस्ति सरकारका उच्च ओहोदाका मान्छेको अन्तर्वार्ता सुनेको थिए । उनी कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै थिए’, घिमिरेले भने, कर्मचारीलाई तलब खुवाउन ऋण लिनेले देश कसरी विकास गर्छन् ?’

खड्काले गृह जिल्ला सुर्खेत पुगेर कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था भएकाे बताउनुभएकाे थियाे । 

‘मुलुकको अर्थतन्त्र ऋणात्मक बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ,’ उहाँले भन्नुभयाे।

उहाँले काङ्ग्रेस कम्युनिस्ट र अरू सबै दलहरू अहिलेको अवस्थामा जिम्मेवार हुने बताउनुभयो । 


प्रतिक्रिया