मोटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बाबु घाइते

प्रशासन

सप्तरी / सप्तरीको खडक नगरपालिका- ७ कल्याणपुर बजारमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कारले को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया बालिका एञ्जिला बस्नेतको मृत्युु भएको हो ।मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका हुन् ।
घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल,राजविराजमा उपचारका क्रममा मृत्यु भएकाे सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।
घाइते बाबुको उपचार भइरहेको छ।
यता इलाका प्रहरी कार्यालय कल्याणपुरले कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिराखेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट