`

बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झर्‍यो : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD २८ चैत २०७९ १३:२३
राजनीति

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको बताउनुभएकाे छ । 

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्‍य दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले   सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएको भन्दै बुहआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे,’सरकारको प्रयासबाट सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएका छन्। बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ।’

 प्रचण्डले नेपाल सन् २०३० सम्म दिगोविकास लक्ष्य हासिल गर्ने र २०२६ मा अल्पविकसित देशबाट स्तरोन्नति हुने दिशातर्फ गइरहेको बताउनुभयाे।


प्रतिक्रिया