`

बारा-२ मा मेरो प्रतिस्पर्धी नै देख्या छैन : उपेन्द्र यादव

Nepal One HD २८ चैत २०७९ १५:०५
राजनीति

बारा / बैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारामा आफ्नाे प्रतिस्पर्धी काेही नभएकाे दाबी गर्नुभएकाे छ । 

घरदैलो कार्यक्रममा भाेट माग्दै हिड्नुभएका यादवले पत्रकारहरुसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे ।

उहाँले‍ यति उति मत भन्दा पनि जनताले जिताउने भनेका छन् भन्दै भन्नुभयाे,‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका छन्, हेरौँ, के हुन्छ ।’ 

 उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गर्नुभएकाे हाे  ।

बारामा देखिएको समस्या समाधान गर्ने गरी आफू अगाडि बढ्ने उहाँले बताउनुभयाे । किसानलाई मल, खादको व्यवस्था गर्नुको साथै ग्रामीण भेगसम्म सडक पुर्‍याउने, शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने एजेण्डाका साथ आफू जनतासमक्ष गएको बताउँदै उनले सडक, शिक्षा, स्वास्थ्य, कृषिमा सुधार भयो भने यहाँको जनताको जीवनस्तरमा सुधार हुने बताउनुभयाे । 


प्रतिक्रिया