एकीकृत समाजवादी रसुवाका जिल्ला अध्यक्ष देवकोटा एमाले प्रवेश
प्रमुख खबर
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का रसुवा जिल्ला अध्यक्ष नेकपा (एमाले) प्रवेश गर्नुभएकाे छ ।
रसुवाका पुराना वामपन्थी नेता मानिने विष्णु देवकोटा पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएकाे हाे ।
एकीकृत समाजवादीभित्रको आन्तरिक द्वन्द्वका कारण नेताहरुले पार्टी छाड्ने लहर चलिरहेको छ । केही दिनअघि मुकुन्द नेउपाने, केदार न्यौपाने र चुडामणि जंगलीलेसमेत पार्टी परित्याग गर्नुभएकाे थियाे ।
पार्टीभित्रको ठूलो समूह असन्तुष्ट रहेको छ । प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला समन्वय समिती ठाकुर पौडेल पनि एमालेमै फर्किनुभएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
