`

रास्वपाको केन्द्रीय समितिको बैठक सर्‍यो

Nepal One HD २९ चैत २०७९ १०:५५
प्रमुख खबर

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठक सरेको छ । आज बिहान ९ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक दिउँसो २ः०० बजेका लागि सारिएको छ ।

बैठकमा सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिइने बताइएको छ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन बैठक बस्न लागेको हो । सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको र दुर्गा प्रसाईलाई पनि आफूले नचिनेको बताएका छन् ।


प्रतिक्रिया