पशुपतिमा दर्शनार्थीले भेटी चढाएको घ्याम्पो गायब

राजनीति

काठमाडौं / संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिनाथको मन्दिरबाट भेटी चढाइने गरिएको घ्याम्पो हराएको बताउनुभएको छ ।
सुरक्षाकर्मीको उपस्थिति र सिसिटिभि राखिएको क्षेत्रबाट तामाको विशाल घ्याम्पो हराउनुलाई आश्चर्यजनक घटना मानिएको छ । उक्त घ्याम्पो खोज्न र अनुसन्धान अघि बढाउन नेपाल प्रहरीलाई अनुरोध गरिएको मन्त्रीले सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ ।
त्यसैगरी गत शिवरात्री पर्वमा मन्दिर परिसरमा गलत कार्य भएको मन्त्रीको ठहर छ । पशुपति क्षेत्र विकास कोषले सञ्चालन गरेको मेलामा सम्झौता विपरित काम गरिएकाले सो सम्बन्धमा छानबिन र अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको छ । आयोग र प्रहरीलाई खबर गर्ने कार्य मन्त्रीस्तरीय निर्णयबाट भएको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट