`

सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता हो :शेखर कोइराला

Nepal One HD ३० चैत २०७९ १४:०२
राजनीति

काठमाडौँ / नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता रहेकाे बताउनुभएकाे छ । 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले जिम्मेबार निकायको यस्तो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताउनुभयाे ।

नेता कोइरालाले सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो भन्नुभएको छ । उहाँले दुबैले सच्चिनुपर्ने बताउनुभयो ।

यसअघि कामपाका प्रमुख बालेन साहले आजै फेसबुकमार्फत सरकारलाई काठमाडौँको हितमा काम नगर्ने हो भने सिंहदरबार अरु पालिकामा सार्न सुझाव दिनुभएको थियो ।

सरकारले सहयोग नगरेको गुनासो गर्दै आउनुभएका प्रमुख साहले कि काठमाडौँको हितमा काम गर्न नभए सिंहदरबार र राजधानी सार्न सुझाव दिनुभएको थियो ।


प्रतिक्रिया