`

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

Nepal One HD ३० चैत २०७९ १७:११
राजनीति

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ।

अर्का प्रत्याशी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष हुनुभएको हो ।

पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो।  सहमति जुटेसँगै उमेशलालले अन्जनलाई समर्थन गर्नुभएको हो ।


प्रतिक्रिया