`

योगेश भट्टराईको आरोप :वर्तमान सरकारसँग संसद चलाउने योजना नै छैन

Nepal One HD ३ वैशाख २०८० १६:११
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारसँग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेस दिने भए पनि अहिलेको सरकारसँग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका हुन् ।

उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई पनि सदनमा नल्याई बाहिरै बाहिरैबाट टुङ्ग्याउन खोजिएको बताए । शान्तिप्रक्रिया प्रचण्डको मागिखाने भाँडो मात्रै भएको भन्दै उनले सरकारमा गएपछि यसलाई प्रचण्डले प्राथमिकता दिन नसकेको जिकिर गरेका छन् ।

उनले विभिन्न ऐनहरू अघि बढ्न नसक्दा प्रशासनिक संयन्त्रलाई अप्ठेरो अवस्थामा परेको र सरकार उत्तरदायी नदेखिएको धारणा राखे ।


प्रतिक्रिया