`

मन्त्री रन्जिता श्रेष्ठको निर्देशन : मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरेको भन्ने विषयमा तत्काल छानबिन गर्न

Nepal One HD ४ वैशाख २०८० १२:४६
राजनीति

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरेको भन्ने विषयमा तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।

केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको समाचार बाहिरिएको थियो । मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गर्ने गरेका विषयमा आएका समाचारका बारेमा तत्काल छानबिन गर्न मन्त्रालयका सचिव डा दामोदर रेग्मी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् ।

सोही घटनाको विषयमा थप सत्यतथ्य छानबिन गरी दोषी देखिएकालाई विभागीय कारबाही गर्नसमेत मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।


प्रतिक्रिया