`

बैशाख ७ गते बारा २ मा पाँचदलिय गठबन्धनको चुनावी महासभा हुने

Nepal One HD ४ वैशाख २०८० १३:४५
राजनीति

काठमाडौँ – पाँचदलिय गठबन्धनले बारा २ को महागढीमाईको बरियारपुरमा चुनावी महासभा गर्ने भएको छ । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको उक्त क्षेत्रमा बैशाख ७ गते सभा गर्न लागिएको हो ।

चुनावी महासभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पाँचदलिय गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे शुरु हुने छ ।


प्रतिक्रिया