`

अब मन्त्रिपरिषद्को नियमित बैठक हप्ताको एक दिन मात्र बस्ने

Nepal One HD ४ वैशाख २०८० १६:११
राजनीति

काठमाडौँ – मन्त्रिपरिषद्को नियमित बैठक हप्ताको एक दिन मात्र बस्ने भएको छ ।

यसअघि हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको हो ।

सोमबार र बिहीबार बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठकलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै बैठक बस्ने तयारी गरीएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आवश्यक परेमा जुनसुकै बार पनि मन्त्रिपरिषद्को बैठक बस्ने छ ।


प्रतिक्रिया