`

बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न गगन थापाको चेतावनी

Nepal One HD ४ वैशाख २०८० १६:१४
राजनीति

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका कार्यकर्तालाई दायाँबायाँ नगर्न चेतावनी दिएका छन् ।

चितवनको कालिकानगरमा सोमबार आयोजित उपचुनाव लक्षित सभालाई सम्बोधन गर्दै थापाले अघिल्लो चुनावमा जस्तो गल्ती नगर्न आग्रह गरेका हुन्।

यसअघि कांग्रेस कार्यकर्ताले पनि रवि लामिछानेलाई मतदान गरेको तर्फ संकेत गर्दै महामन्त्री थापाले पाँच महिनाको अवधिमा सच्चिने मौका आएको उल्लेख गरे।

‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंले अब मान्छे चिन्नुभएको छ। तपाईँहरूले हिजो के गर्नुभयो, के कारणले गर्दा गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर म नेपाली कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु।’ थापाले भने, ‘पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान्। यथोचित समयमा बसेर छलफल गरौंला तर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट छैन।’

उनले कसैले मतदान गर्न नसक्ने भए स्पष्ट भन्न आग्रह गर्दै बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न चेतावनी दिए।


प्रतिक्रिया