`

नक्कली नागरिकता बनाई दिने वडा अध्यक्षसहित ३ जना पक्राउ

Nepal One HD ८ वैशाख २०८० ८:०१
समाचार

काठमाडौं – नक्कली नागरिकता बनाई दिने बाराका वडा अध्यक्ष पक्राउ परेका छन् । मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई पक्राउ गरिएको हो । कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।


प्रतिक्रिया