`

बाग्मती प्रदेशसभाको अधिवेसन अन्त्य

Nepal One HD १४ वैशाख २०८० ९:२९
राजनीति

मकवानपुर । बाग्मती प्रदेशको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेशसभा प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भएको थियो ।

बाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।


प्रतिक्रिया