`

इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु

Nepal One HD १७ वैशाख २०८० २२:२७
समाचार

मध्यविन्दु / नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा गैँडाकोट १३ का ४४ वर्षका तुलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।

स्थानीय चेतबहादुर भुसालको घरको इनार सफा गर्ने क्रममा इनार भासिएर दुर्घटना भएको उहाँले बताउनुभयो ।

इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा थारु बेपत्ता हुनु भएको थियो । स्थानीय र प्रहरीसहितको टोलीले इनारभित्र थारुलाई साँझ मृत फेला पारेको सूचना अधिकारी पाठकले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया