भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन नसके सरकार प्रति औंलो ठडिन्छ : माधव नेपाल

राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
सोमबार काठमाडौँमा एकीकृत टे्ड युनियन महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले जनताले वर्तमान सरकारबाट निकै आशा गरेको भन्दै जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो ।
उहाँले भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन नसके सरकार प्रति औँलो ठडिने धारणा राख्नुभयो । अध्यक्ष नेपालले हालै सम्पन्न उपनिर्वाचनको परिणामले ठुला दलहरू सतर्क बन्नुपर्ने र कमीकमजोरीहरू खोज्नुपर्ने जिकिर गर्नुभयो ।
उहाँले संविधानमा मौलिक अधिकार र सामाजिक सुरक्षालाई प्रत्याभूत गरेको बताउनुभयो । मुलुकको युवा पलायनलाई रोक्नका लागि पनि सामाजिक सुरक्षा योजना निकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट