नागरिकता विधेयक प्रमाणीकरण गराउने सत्तारुढ दलकाे तयारी, बालुवाटारमा वकिलहरुसँग लिइयाे परामर्श


काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुले तत्कालीन राष्ट्रपतिले प्रमाणिकरण नगरेको नागरिकता विधयेक कसरी अगाडि बढाउने भनेर कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन् ।
शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले उक्त विधेयक फेरि संसदमा फिर्ता आउँछ वा नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्छन् भनेर कानुन व्यवसायीसँग सुझाव मागेका हुन् । कानुन व्यवसायीहरुले नयाँ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न सक्ने राय दिएका छन् ।
सत्ता गठबधन दलहरु ब्यापक विरोध भएर तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु भएको नागरिकता विद्येयक कुनै पनि हालतमा जारी गर्ने तयारीमा छन् । भर्खरै भारतमा उपचारमा गएर फर्किनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई कतै उतै यसको लागि तयार गरिएर त नेपाल फर्काइएन यत्तिखेर सर्वाधिक चासोको विषय बनिरहेको छ ।