नक्कली भुटानी शरर्णाथी प्रकरणमा जोडिएका गृहसचिव प्रधानमन्त्री कार्यालय तानिए

प्रमुख खबर

काठमाडौं / नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृहसचिव हेरफेर गरेको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको हो ।
सरकारले हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँड भएका बेला विनोद प्रकाश सिंह गृहसचिव थिए । सिंहको प्रधानमन्त्री कार्यलयमा सरुवा हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट