`

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

Nepal One HD २७ वैशाख २०८० १४:२६
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले नक्कली भूटानी शरणार्थी प्रकरणको आरोप लागेका आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझाीलाई निलम्बन गरेको छ ।

महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ती जारी गरेर रायमझीलाई निलम्बन गरेको जानाउनु भएको छ ।

विज्ञप्तीमा पोखरेलले राज्यका वैधानिक निकायहरुले गर्ने अनुसन्धानमा सबैले सहयोग गर्नुपर्ने पार्टीको मान्यता अनुरुप नै उहाँले आफ्नो कुरा राख्न पार्टीले निर्देशन दिएको उल्लेख छ ।

पक्राउ पुर्जी जारी भएपछि उहाँले प्रहरीमा आएर आफ्नो कुरा राख्ने प्रतिवद्धता नेतृत्व समक्ष गरे पनि हालसम्म सम्पर्क नआएकोले यस विषयको छिनोफानो नभएसम्मका लागि सचिव पदबाट उहाँलाई निलम्बन गरिएको जनाइएको छ ।


प्रतिक्रिया