अहिले नै टोपबहादुर रायमाझीलाई दोषी करार गर्न मिल्दैन, अदालती प्रक्रियाले मात्र दोषी करार गर्न मिल्छ : केपी ओली

राजनीति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताउनुभएको छ ।
च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताउनुभयो । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उहाँले बताउनुभयो।
भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताउनुभयो । तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उहाँको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट