`

एमालेको केन्द्रीय समिति बैठक : संघीय प्रणाली खारेज गर्न माग

Nepal One HD २९ वैशाख २०८० १६:४६
प्रमुख खबर

काठमाडौं – ​​​​​​​नेकपा एमालेका दुई प्रभावशाली केन्द्रीय सदस्यले संघीय प्रणाली देशहितमा नभएको भन्दै पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन् ।

एमालेको केन्द्रीय समिति बैठकमा दुई प्रभावशाली केन्द्रीय सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका हुन् । केन्द्रीय सदस्यद्वयले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जालमा बारम्बार संघीयता खारेजीको आवाज उठाइरहेका बास्कोटाले पार्टीमा भने पहिलोचोटि जोडदाररुपमा उक्त कुरा  उठाएका हुन् । जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनको तर्क  थियो ।

अर्का नेता बस्नेतले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए । संघीयताले देशको व्ययभार बढाएको तर उपलब्धी केही नदिएको उनको भनाइ थियो ।

पछिल्लो समय संघीयता विरोधि अभिमत बलियो बन्दै गइरहेको अवस्थामा थुप्रै नेताहरुले संघीयता नेपालका लागि हितकर नभएको धारणा राख्नेका छन् ।


प्रतिक्रिया