संसदीय दलको नेता चयन पश्चात जसपा सरकारमा सहभागी हुने

राजनीति

काठमाडौँ – संसदीय दलको नेता चयन पश्चात जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी हुने भएको छ ।
सरकारमा सहभागी हुनु पूर्व संसदीय दलको नेता चयन गर्नुपर्ने कुरा उठेपछि बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति गठन गरेको छ ।
समितिमा मिथिलेशकुमार सिंह, अर्जुन थापा र दीपेन्द्र झा रहेका छन् । तत्कालीन संसदीय दलको नेता रहेका रामसहयायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जसपाको संसदीय दलको नेताको पद रिक्त रहेको छ ।
जसपाले विधानको व्यवस्था बमोजिम निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता छान्ने गर्दछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट