सङ्घीय शिक्षा ऐन लागू गर्न माग गर्दै काठमाडौँमा शिक्षक महासङ्घको प्रदर्शन

शिक्षा

काठमाडौँ – सङ्घीय शिक्षा ऐन लागू गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
शुक्रबार काठमाडौँको माइतीघर तत्काल सङ्घीय शिक्षा ऐन लागू गर्नुपर्ने, बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले विद्यालय कर्मचारीको तलवमान कायम गर्नुपर्ने, ६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्नुपर्ने, बाल कक्षा शिक्षक ९ईसीडी० लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने माग पनि राखेका छन् ।
त्यस्तै उनीहरूले यसअघि महासङ्घसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने प्रदर्शनका सहभागीहरूले जनाएका छन् ।
आफ्ना मागहरू पुरा नभए निरन्तर प्रदर्शन गरिरहने उनीहरूले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट