`

देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्छ : सुदन किराती

Nepal One HD ३० वैशाख २०८० १४:४६
राजनीति

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताउनुभएको छ ।

बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताउनुभएको हो ।

नेपालीलाई सुख र नेपालको विकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै उहाँले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राख्नुभयो । मन्त्री किरातीले अव ढिलो नगरी ठुला ठुला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबिच एकता हुनुपर्नेमा जोड दिनुभयो । हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको भन्दै उहाँले समय भन्दा ठुलो केही नभएको जिकिर गर्नुभयो । अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अव दुवै कुराको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा मन्त्री किरातीले बाहिङ–नेपाली–अङ्ग्रेजी शब्दकोश विमोचन गर्नुभएको थियो ।


प्रतिक्रिया