शरणार्थी प्रकरणमा स्वतन्त्र, निष्पक्ष अनुसन्धान हुनुपर्छ : प्रकाशशरण महत

प्रमुख खबर

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र, निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनु भएको छ ।
मंगलबार कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कांग्रेसले शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्ने बताउनु भएको हो । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे अनुसन्धान भइरहेकाले अहिले निर्णय लिन हतार हुने बताए ।
उनले भने, ‘अनुसन्धानको निष्कर्ष आएको छ । अनुसन्धान परिपक्व होस् । त्यसको निष्कर्ष आओस् । उहाँले निर्दोछु साबित गर्छु भनिराख्नुभएको छ । अनुसन्धान प्रक्रिया अघि बढोस् निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ । त्यसैले हामी अहिले निर्णयमा पुगिसकेका छैनौं ।’
‘बचाउनुपर्छ हामी भन्दैनौँ । त्यसैले उहाँको अनुसन्धानपछि मात्रै निर्णय गर्छौं । उहाँले छानबिनमा सघाउँछु भन्नुभएको छ । उनले भने’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट