`

महेश बस्नेतः अडान र विवाद

Nepal One HD ६ जेठ २०८० १८:०५
अन्तर्वार्ता/बिचार

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत बेला बेलामा आफ्नो अडान र भनाइका कारण विवादमा आइरहन्छन् । कहिले काठमाडौँका मेयर बालेन्द्र साहले घर भत्काएको विषयमा होस् या राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विरुद्ध कटाक्ष अभिव्यक्ति दिएर नै किन नहोस् यत्तिखेर महेश बस्नेत धेरेको आलोचनाको तारो बन्नु भएको छ । नेकपा एमालेको युवा सङ्गठन युर्थफ्रोस, युवासँग हुँदै मन्त्री र सांसद बनिसक्नुभएका बस्नेत आखिर किन बेला बेलामा आफैलाई गाली खाने अभिव्यक्ति दिनु हुन्छ होला त ? 

यसका लागि महेश बस्नेतको सुरुवाती राजनीति नै हेर्न पर्ने धेरैको तर्क छ, महेश बस्नेतलाई नजिकबाट चिन्नेहरू बस्नेतले कहिल्यै क्षणिक नाफा घाटाको बारेमा अभिव्यक्ति  नदिने गरेको बताउँछन्, उनीहरूको मतमा बस्नेत दूरगामी नेता हुनुहुन्छ । पहिलो संविधान सभाले संविधान दिँदैन भन्ने हाँकाहाँकी अभिव्यक्ति महेश बस्नेतले संविधान सभाको निर्वाचन पछाडिनैदिनुभएको थियो । त्यतिखेर बस्नेतको उक्त भनाइको हदैसम्मको आलोचना भयो । बस्नेतको यही अभिव्यक्तिका कारण धेरैले बस्नेतलाई प्रतिगामी भने, कालान्तरमा आखिर पहिलो संविधानसभाले संविधान दिन सकेन र  संविधानसभा विघटन भयो । 

जनयुद्धताका माओवादीको चरम ज्यादतीको विरुद्ध पनि युथफोर्स बनाएर  लड्दा महेश बस्नेतलाई दुस्साहस गरेको भनेर भन्थे, धेरैले बस्नेतलाई गुन्डा चलायो भन्ने गर्थे तर आखिरमा माओवादी अराजकताको अन्त भयो  । वाइशियल जस्तो अर्ध सैनिक दस्तालाई साइजमा ल्याउने र काउन्टर दिने शक्ति आखिर युर्थ फोर्स नै भयो, आज माओवादीचाँही बरु हिजो वर्ग शत्रु घोषणा गरेको काङ्ग्रेसको पुच्छर बनेर हिँडेको धेरेको तर्क छ ।

तराईमा क्षेत्रीयतावादी अराजकता फैलिदा तेस्को विरुद्धमा बस्नेतले तत्काल काउन्टर दिनुभएको थियो, आखिर त्यो बेला पनि बस्नेतले  बोल्दा खेदो खनियो । अन्ततः  क्षेत्रीयतावादी राजनीति आज त्यहाँका राजनीतिक दललाई गर न मरको अवस्थामा पुगेको छ । महेश बस्नेतले तिनै क्षेत्रीय राजनीति गर्ने नेताहरूलाई  उक्त राजनीति छोडेर एमालेमा ल्याउने प्रयास गर्नुभयो । धेरैले महेश बस्नेतले  अपहरण गर्‍यो भनेर त्यतिखेर खुबै आलोचना गरे । क्षत्रिय राजनीति  छोडेर मूलधारको राजनीतिमा आउन लागेकालाई ठुलो मिडिया वाजी गरेर आखिर रोकियो । आज ती रोकिएकाहरूको राजनीतिक अस्तित्वको खोजीमा छन् धेरै त राजनीतिबाटै पलायन नै भइसके ।

अहिले चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका  अध्यक्ष रवि लामिछाने माथि बस्नेतले निरन्तर प्रहार गरिरहनु भएको छ । मेयर बालेन्द्र साहमाथि पनि उहाँ बेलाबेलामा खनिनु नै भइरहेको छ । के समयले महेश बस्नेतले जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि आफूले गाली खाँदै गरेका प्रतिवादहरू फेरी पनि समय क्रममा पुष्टि होलान् त महेश बस्नेतलाई नजिकबाट चिन्नेहरू चाहिँ बस्नेत दूर दृष्टि भएको नेता भएकाले ढिलो चाँडो बस्नेतको कटाक्ष सही रहेछ भन्ने अवस्था आउने बताउँछन् ।


प्रतिक्रिया