बुधबार सुनको मूल्य बढ्यो ,चाँदीको भाउ कति ?

अर्थ समाचार

काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै,बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट