`

रुसको बेल्गोरोड क्षेत्रमा गोलाबारीमा १ जनाको मृत्यु, ३ घाइते

Nepal One HD १४ जेठ २०८० १४:५२
विश्व

मस्को / युक्रेनी सशस्त्र सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

यस क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार दिएको जानकारी अनुसार “एक व्यक्तिको मृत्यु भएको छ, उनी शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बुझिएको छ ।”

घाइते हुनेमा दुई किशोर र एक वयस्क रहेको पनि गभर्नरले बताएका छन्।

‘दुई ठूला उद्योगको परिसरमा कैयौं गोला खसेको र आगोलागी भएको थियो । आपतकालीन सेवाहरूले क्षेत्रको निरीक्षण गरिरहेको छु,’ गभर्नरले भने।

युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।(रासस/सिन्ह्वा)


प्रतिक्रिया